बिद्रोही नेकपा गण्डक ब्युरो सदस्य नीर बहादुर थापा (निरु) लाई प्रहरीले पुन: पक्राऊ गरी बेपत्ता पारेको छ ।
निर बहादुर थापाको तर्फ देखी दिलमाया थापाले हालेको बन्दीप्रत्यक्षीकरण रिट माथी सर्बोच्च अदालतको न्यायधिसहरु प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त ईजलासले नेता निरुलाई म्याद थप गरेर थुनामा राख्नु पर्ने कुनै कारण नभएको भन्दै थुनामुक्त गर्न आदेश दिए लगत्तै सर्बोच्च परिसरको गेटबाट थापालाई प्रहरीले गिराफ्तार गरी बेपत्ता बनाएको परिवार स्रोतले जानकारी दिएको छ।

निबेदकको तर्फ बाट बरिष्ठ अधिबक्ता एकराज भण्डारी,अधिवक्ताहरु सन्तोष कोईराला,कपिलचन्द्र पोख्रेल र चुडाबहादुर निरौलाले बहस गर्नु भएको थियो। नेकपा नेता थापा केही दिन अघि उपचारका लागी काठमाण्डौ आएको बेला टोखा क्षेत्रबाट पक्राऊ परेका थिए। बिना कारण आफ्ना!नेतालाई गिराफ्तार गरिएको भन्दै बिप्लब नेकपाले रिहाईको माग गर्दै निरन्तर आन्दोलन गर्दै आईरहेको छ।
