Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३ सय वकिल राखेर भनेजति बहस गर्न दिँदा कहिले टुङ्गिन्छ मुद्दा ?

३ सय वकिल राखेर भनेजति बहस गर्न दिँदा कहिले टुङ्गिन्छ मुद्दा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १९:४५:०१ बजे
  • 1.5K
    SHARES
  • ३ सय वकिल राखेर भनेजति बहस गर्न दिँदा कहिले टुङ्गिन्छ मुद्दा ?

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनका विरुद्धमा परेका रिटहरुमाथि बहस भइरहेको छ । रिट निवेदकको तर्फबाट भइरहेको बहसका क्रममा न्यायाधीशहरुले समय र बहसकर्ताका कारण मुद्दा किनारा लाग्न समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेको संवैधानिक इजलासमा मुद्दा किनारा लाग्न लाग्ने समयको विषयमा कुरा उठेको हो ।

    न्यायाधीश मल्ले एउटै मुद्दामा ३ सय कानुन व्यवसायी रहेका र उनीहरुले बहसका लागि लिने समयमा हद नतोकिँदा मुद्दा कहिले टुङ्गिन्छ भन्दै प्रश्न गरेकी छन् । वरिष्ठ अभिवक्ता शेर बहादुर केसी बहसमा रहेको समयमा मल्लले प्रश्न गरेकी हुन् ।

    रिट निवेदकहरुले भने कुनैपनि कानुन व्यवसायीलाई आफूहरुले पैसा दिएर बहसका लागि नलगेको बातएका छन् । संसद विघटनको मुद्दामा आफै बहसका लागि कानुन व्यवसायीहरुले इच्छा देखाएका हुन् ।

    तर, बहस चल्दै जाँदा निर्वाचन तोकिएको समयसम्म पनि किनारा नलाग्ने हो कि भन्ने आशंका न्यायाधीशहरुमा देखिन थालेको छ । वैशाखमा निर्वाचन तोकिएकाले जतिसक्दो चाँडो मुद्दा किनारा लगाउनुपर्ने दवाव इजलासमाथि रहेको छ ।

  • सम्बन्धित विषय:

  • # वकिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology