एजेन्सी । पछिल्लो समय स्टारकिड बलिउडमा आउने क्रम बढेको छ । अभिनेत्री श्रीदेवी र निर्माता, निर्देशक बोनी कपुरकी छोरी जाह्नवी कपुरको प्रवेशलाई यसैको एक कडी मान्न सकिन्छ ।
यसैबीच श्रीदेवीकी कान्छी छोरी खुसी कपुर पनि छिट्टै बलिउडमा कदम राख्न लागेका समाचार बाहिरिएको छ । खुसी पनि एक्टिङमा आफ्नो करिअर बनाउन चाहन्छिन्।

खुसीको बलिउड डेब्युको पुष्टि बोनी कपुरले पनि गरेका छन्। बोनीले भने, ‘हो, खुसी अभिनय गर्न चाहन्छिन्। छिट्टै तपाईंहरूले यसको घोषणा सुन्न पाउनुहुनेछ।’

उनले स्पष्ट रूपमा छोरीको डेब्यु आफैंले भने नगर्ने बताए। बोनीले भने, ‘मसँग सबै कुरा छ तर म चाहन्छु कि खुसीलाई कोही अरूले नै लन्च गरोस्।’

खुसी पपुलर स्टारकिड्समध्ये एक हुन्। उनी सोसल मिडियामा पनि निकै एक्टिभ छिन्। खुसी जाह्नवीभन्दा पनि ग्ल्यामरस मानिने टाइम्स अफ इण्डियाले जनाएको छ ।



