Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैशाख २७ सम्म प्रचण्ड–माधव पक्ष पग्लिएर सकिन्छः प्रधानमन्त्री

बैशाख २७ सम्म प्रचण्ड–माधव पक्ष पग्लिएर सकिन्छः प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • २०:०३:४४ बजे
  • 2.2K
    SHARES
  • बैशाख २७ सम्म प्रचण्ड–माधव पक्ष पग्लिएर सकिन्छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।

    images

    उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

    प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए। विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology