Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-नेपाल समूहको माघ २८ गते काठमाडौंमा ‘विशाल’ प्रदर्शन

प्रचण्ड-नेपाल समूहको माघ २८ गते काठमाडौंमा ‘विशाल’ प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १२:०२:०७ बजे
  • 1.3K
    SHARES
  • प्रचण्ड-नेपाल समूहको माघ २८ गते काठमाडौंमा ‘विशाल’ प्रदर्शन

    नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । ओली पक्षले माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएपछि त्यसकै जवाफमा सो प्रदर्शन गर्ने घोषणा गरेको हो ।

    images

    प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिको सचिवालयको विहीबार बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउन माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको नेता विष्णु रिजालले जानकारी दिए ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

    आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताए ।

    अध्यक्षद्वयले संविधान भत्काएर केपी शर्मा ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology