Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१५ दिनभित्रमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

१५ दिनभित्रमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १३:२५:४२ बजे
  • 1.8K
    SHARES
  • १५ दिनभित्रमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने

    अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रसायनिक मल नेपाल आइपुग्ने भएको छ ।केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    images


    यसअघि नै सरकारले बंगलादेशबाट मल आयात गर्ने बताए पनि मल आउन ढिलाइ भएको हो । अबको १५ दिनभित्र भने सबै मल आइसक्ने मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए ।


    यो वर्षका लागि किसानहरुलाई रासायनिक मल नपाउने समस्या नहुनेगरी प्रक्रिया अघि बढाइएको र अहिले मलको अभाव नरहेको पनि सचिव कार्कीको भनाइ छ । यस्तै विदेशबाट ल्याइएको मल भण्डारणका लागि सातै प्रदेशमा प्रक्रिया थालिएको पनि उनले जानकारी दिए ।

    भारतललगायत देशबाट जीटूजी मोडलमार्फत मल ल्याएर किसानलाई वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले यो वर्ष साढे ४ लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि आर्थिक व्यवस्थापन गरिसकेको जनाएको छ ।

    किसानको माग साढे ७ लाख मेट्रिक टन रहेको भए पनि तत्काललाई साढे ४ लाख मेट्रिक टन मलका लागि मात्रै पैसाको बन्दोबस्त भएको मन्त्रालयका सचिव कार्कीले बताए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology