प्रतिनिधि सभा विघटन बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुहले माघ २८ गते काठमाण्डौंमा दुई लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ । पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यलयको बैठकले आन्दोलन शसक्त बनाउदै लाखौँ कार्यकर्ता राजधानीमा उतार्ने निर्णय गरेको हो ।
दुवै अध्यक्षको उपस्थितिमा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले अहिलेसम्मका आन्दोलनका कार्यक्रमको समीक्षा गर्नुको साथै घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय भएको हो ।
यसअघि माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गरेको प्रचण्ड(नेपाल समूहले त्यसको दुई हप्तामै फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संर्घषमा रहेको प्रचण्ड(नेपाल पक्षले प्रतिनिधिसभा पुनस्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
यसैबीच प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले आज पनि धर्ना दिएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम जारी गर्दै बुधबारबाट माघ २१ गतेसम्म धर्ना कार्यक्रम तय गरेको हो। प्रचण्ड(नेपाल समूहले शुक्रबार सहिद दिवसका अवसरमा जुलुससहित सहिदहरुलाई श्रद्धाञ्जलि दिने कार्यक्रम तय भएको गरेको छ।