नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले महाधिवेसनमा जालझेल गरेर जितेको बताएका छन् ।
पार्टीको महाधिवेसनमा ओलीले छलछाम गरेर जितेको भन्दै तानाशाही प्रवृत्ति भएका व्यक्ति सम्मानित हुन नसक्ने बताए ।
बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले ओली प्रवृत्ति हावी हुँदा देशको भविष्य अन्धकारमा परेको बताए ।
निर्वाचन आयोगले गरेको निर्णयले मूलपार्टी आफूहरु भएको भन्दै अध्यक्ष नेताले पार्टी अनुशासनमा बस्न नमान्ने नेताहरुलाई अब स्पष्टीकरण सोधेर कारवाही गर्ने बताए ।