एजेन्सी / रुससगँ अत्याधुनिक सुखोई ४०० मिसाईल प्रतिरक्षा प्रणाली खरीद नगर्न भारतमाथि दबाब दिदै आएको अमेरीकाले आफ्नो सुझाव नमाने झड्का दिने तयारी गरेको छ ।चीनसगँ तनाव बढे पछि भारतले सुखाई प्रतिरक्षा प्रणाली खरीद गर्ने निर्णय गरेको थियो । यसप्रति अमेरीका असन्तुष्ट रहँदै आएको छ ।
अमेरीकाले टर्कीलाई जस्तै भारतमाथि समेत प्रतिबन्ध लगाउन सक्ने भन्दै भारतीयहरु चिन्तित हुन थालेका छन् । ५.४ अर्ब डलरमा रुससगँ भारतले यो प्रणाली लिन लागेको हो । भारतीय रक्षा विज्ञहरुले अमेरीकाले भारतमाथि टर्कीलाई जस्तै प्रतिवन्ध लगाउन सक्ने चिन्ता व्यक्त गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बाईडेन प्रशासन शुरु भए पछि पनि भारतसगँ सम्बन्ध सुधारको अपेक्षा भईरहेका बेला हतियारको बिषयले सम्बन्धमा समस्या उत्पन्न हुन सक्ने चेतावनी दिईएको छ ।