Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा,यसरी गर्दैछिन् योगा

करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा,यसरी गर्दैछिन् योगा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १६:१९:१४ बजे
  • 3.4K
    SHARES
  • करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा,यसरी  गर्दैछिन् योगा

    बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा छिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको अवस्थामा पनि फोटोग्राफरको क्यामेरामा क्लिक भएकी थिइन् ।

    images

    उनै, करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त बनाउने उल्लेख गरेकी छिन् ।

    करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ । पहिलो सन्तानलाई जन्म दिएको केही महिनामै पूर्ण रुपमा फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दै अरुलाई पनि प्रेरणा दिने सोच बनाएको वुझ्न सकिन्छ । करिनाको ‘लाल सिंह चड्ढा’ नामक चलचित्र रिलिजको तयारीमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology