Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अवहेलना मुद्दामा प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन आदेश

अवहेलना मुद्दामा प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १८:४९:१६ बजे
  • 1.5K
    SHARES
  • अवहेलना मुद्दामा प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन आदेश

    अदालतको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा हाजिर हुनुपर्ने भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    images

    डा. शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशिला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुङ्गानासमेतलाई अदालतमा हाजिर हुन आदेश दिएको छ ।

    अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्तको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै निवेदन हालेका थिए ।

    यता पूर्वप्रधानन्यायाधीहरुविरुद्ध सर्वोच्चलाई प्रभावमा पार्न खोजेको भन्दै धनजित बस्नेत र लोचन भट्टराईले निवेदन हालेका थिए । पूर्वसभामुख ढुङ्गानाविरुद्ध अभिवक्ता राजाराम घिमिरेले निवेदन हालेका थिए ।

  • सम्बन्धित विषय:

  • # अवहेलना मुद्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology