एजेन्सी । अफगानिस्तानमा सडक किनारमा भएको बम विष्फोटमा एक आतंकवादी कमाण्डर मारिएका छन ।
पाकिस्तानसंग सीमा जोडिएको दक्षिणी अफगानिस्तानमा भएको बम विष्फोटमा आतंकवादी संगठन लस्कर–ए–इस्लामका कमाण्डर मंगल बाघ मारिएको नांगरहार प्रान्तका गर्भनर जियाउलहक अमरखिलले पुष्टि गरेका हुन ।
यो विष्फोटमा उनका दुई सहयोगीहरु पनि मारिएका छन । गर्भनर अमरखिलले भने, “प्रतिबन्धित आतंकवादी संगठन लस्कर–ए–इस्लामका कमाण्डर मंगल बाघ आफ्ना दुई सहयोगीसहित रोडसाइड बम ब्लास्टमा मारिएका हुन । नंगरहार प्रान्तको आकिन जिल्लास्थित बंदर दारा क्षेत्रमा बम विष्फोट भएको थियो ।”
फरार सूचीमा रहेका मंगल बाघको नाममा ३० लाख अमेरिक डलरको इनाम राखिएको थियो । द एक्स्प्रेस ट्रिब्युनले जनाए अनुसार बाघसहित तीनजनाको मृत्यु बिहीबार बिहान भएको हो ।
ट्रक क्लिनरबाट आतंकवादी बनेका मंगल बाघको सम्बन्ध तहरीक–ए–तालिवान पाकिस्तान (टीटीपी) संग पनि सम्बद्धता रहेको बताइएको छ ।
