Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले हलिउड फिल्ममा अभिनय गर्ने

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले हलिउड फिल्ममा अभिनय गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १०:४७:५२ बजे
  • 4.2K
    SHARES
  • बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले  हलिउड फिल्ममा अभिनय गर्ने

    एजेन्सी । भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले पहिलो पटक हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन ।

    images

    उनले हालै हलिउड प्रोजेक्ट साइन गरेपछि यस्तो खुलासा भएको हो ।

    ज्याकलिनले अभिनय गर्न लागेको यो फिल्मको नाम ‘विमेन स्टोरिज’ हो । यो फिल्म एन्थोलोजी फिचर फिल्म हुने बताइएको छ।

    यसलाई ६ भागमा तयार गरिनेछ। ज्याकलिनलाई लीना यादवद्वारा निर्मित सेगमेन्टमा देखिनेछ।

    यसलाई ‘सेयरिङ अ राइड’ शीर्षक दिइएको छ। यसमा ज्याकलिनको साथमा ट्रान्सजेन्डर मोडल अञ्जली लामा पनि देखिनेछिन्।

    लीना यादवले यसअघि ‘पार्च्ड’, ‘शब्द’, ‘तीन पत्ती’, ‘राजमा चावल’लगायतका फिल्म निर्देशन गरिसकेकी छन्।

    लेर्वोलिनो इन्टरटेनमेन्ट र वी डु इट टुगेदर प्रोडक्सन कम्पनीले बनाउन लागेको फिल्ममा सोले तोग्नाजीले पनि अभिनय गर्नेछन्।

    लुसिया पुएन्जो र क्याथरिन हार्डविकले महिलामाथि आधारित यो फिल्म पर्दामा उतार्न निर्देशकका रूपमा एकआपसमा हात मिलाएका छन्।

    यसमा विभिन्न क्षेत्रका महिलाहरुको कथा समावेश रहने द इण्डियन एक्स्प्रेसले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology