Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड माधव समुहले बिराटनगरमा शक्ति प्रदर्शन गर्दै

प्रचण्ड माधव समुहले बिराटनगरमा शक्ति प्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १२:३८:१९ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड माधव समुहले बिराटनगरमा शक्ति प्रदर्शन गर्दै

    प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । सो प्रदर्शनलार्ई सो समुहका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालले संवोधन गर्नेछन् ।

    images

    विराटनगरको जनआन्दोलन चोकमा कार्यक्रम हुने सो समुहको एक नं प्रदेश कमिटिका ईन्चार्ज भीम आचार्यले जानकारी दिए । सभा शुरु हुनु अघि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन शुरु हुन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा पार्टीको बहुमत नेतृत्व आन्दोलनमा छ । आन्दोलनको क्रममा प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय विरोधसभा हुन लागेको हो ।

    प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने सो समुहले दाबी गरेको छ । सभामा प्रदेश भरीका सबै जिल्लाबाट कार्यकर्ता ल्याईएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology