Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमः बिडारी

अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमः बिडारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १६:१७:२४ बजे
  • 1.2K
    SHARES
  • अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमः बिडारी

    सर्वोच्च अदालतले संविधान हेरेर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा टुंगो लगाउनु पर्ने राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बताएका छन् ।

    images

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै बिडारीले प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान भनेर प्रश्न गरे ।


    ‘प्रधानमन्त्रीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने अनि विकल्प खोई भन्ने ?,’ उनले प्रश्न गर्दैै भने, ‘जनादेश चाहियो रे ? किन चाहियो जनादेश ? प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान ? अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुम ? ’


    उनले संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेर फर्किएपछि सुनुवाइ गर्ने ठाउँ नै भत्काएको बताए । ‘बहुमत छ भन्ने अनि संसद नआउने ? आफ्ना छाउरासँग बहुमत देखाउने ? ’ उनले प्रश्न गरे ।

  • सम्बन्धित विषय:

  • # अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology