Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको आधिकारिकता विवाद टुंगिसक्योः नेम्वाङ

नेकपाको आधिकारिकता विवाद टुंगिसक्योः नेम्वाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १६:१९:०४ बजे
  • 1.2K
    SHARES
  • नेकपाको आधिकारिकता विवाद टुंगिसक्योः नेम्वाङ

    नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् ।शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् ।

    images


    ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ’, नेम्वाङको भनाइ छ ।


    उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।
    ‘त्यही अनुसार दल दर्ता प्रक्रिया अघि बढ्छ । जहाँसम्म यहाँहरुले को कसरी जाने भन्नेमा उपयुक्त समयमा निर्णय गरेर जान्छौँ,’ नेम्वाङको भनाइ छ ।

    नेम्वाङले निर्वाचन अहिले महत्त्वपूर्ण भएको भन्दै आफुहरु लागिरहेको र यही कुरालाई अगाडि सार्दै निर्वाचन तोकिएको समय र मिति वैशाख १७ र २७ गते हुनेमा आशंका नगर्न आग्रह गरे । ‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ ।

    हामीले सोही कुरा आयोगमा पनि राख्यौँ । अदालतमा मुद्दा परेकाले स्टे अर्डर जारिगरेको छैन । यो परिपेक्षमा हामी सबैको बुझाइ कुनै स्टे अर्डर जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ ।

    अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो,’ नेम्वाङले भने । आधिकारिकताबारे थप प्रष्ट पार्दै उनले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौ भन्नेमा हामीलाई विश्वास छ ।

    केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ । यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दैछौँ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ ।’

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology