Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगसँग माग्यो माघ १८ सम्मको समय

प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगसँग माग्यो माघ १८ सम्मको समय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १६:२०:४६ बजे
  • 1.8K
    SHARES
  • प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगसँग माग्यो माघ १८ सम्मको समय

    निर्वाचन आयोगले आज(शुक्रबार) दल दर्ता, निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।

    images

    तर आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएको छ । आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो ।


    आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–माधव पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।


    ‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

    यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो ।

    nekapa 12.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology