नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्रान्तिकारीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले ओलीलाई आफ्नो पार्टीमा छिरेको एउटा प्रतिक्रान्तिकारी भनेका छन् । उनले भने, ऐतिहासिक आन्दोलनको नेतृत्वको गरेको नेपालको श्रमजिवीहरुको, परिवर्तनको संवाहक हाम्रो पार्टी नेकपामा एक जना प्रतिक्रान्तिकारी छिरेछन् ।
ओली प्रतिक्रान्तिकारीहरुको गोटी भएर संसद विघटन गरेको प्रचण्डले बताए । पार्टी एकताको समयमा भएको कुनैपनि सहमति पालना गर्ने कुरामा ओली बेइमान भएको, धुर्त भएको भन्दै उनले यस्ता व्यक्ति ओलीको कसरी आफ्नो पार्टीमा आए भनेर आश्चर्य व्यक्त गरे ।