Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन बोल्ड तस्बिर

हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन बोल्ड तस्बिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १६:३४:१८ बजे
  • 3.1K
    SHARES
  • हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन बोल्ड तस्बिर

    साउथका सुपरस्टार कमल हसनकी छोरी तथा अभिनेत्री श्रुति हसनको जन्म सन् १९८६ जनवरी २८ तारिखमा भएको थियो । यो वर्ष श्रुति आफ्नो ३५ औं जन्मदिन मनाइरहेकी छिन् ।

    images

    श्रुति हसन एक बहु प्रतिभाशाली व्यक्तित्वकी धनी हुन् । उनी एक उत्कृष्ट अभिनेत्री हुनुका साथै निकै राम्री गायिका पनि हुन् । श्रुति हसन धेरैजसो चर्चामा आइरहन्छिन् र विवादसँग उनको गहिरो नाता पनि रहँदै आएको छ । 

     

    श्रुति हसनले साउथ इन्डियन इन्डष्ट्रिदेखि बलिउडसम्म आफ्नो जादु छरिसकेकी छिन् । यद्यपि, बलिउडमा उनको अहिलेसम्म कुनै शानदार फिल्म बन्न सकेको छैन । तरपनि उनको लुक्सले धेरै प्रशंसक बटुलेको छ ।

    श्रुति हसन धेरैजसो चर्चामा रहन्छिन् । कहिले आफ्नो शल्यक्रियाका कारण त कहिले फिल्ममा बोल्ड सीनका कारण । श्रुतिका केही बोल्ड तस्बिर पनि सार्वजनिक भएको थियो जसका कारण उनी रातारात चर्चामा आएकी थिइन् । 

    वास्तवमा सन् २०१४ मा जब श्रुति हसन आफ्नो तमिल फिल्म येवुडको सुटिङ गरिरहेकी थिइन् तब उनका केही तस्बिर लिक भएका थिए । जसका कारण उनको निकै चर्चा भएको थियो ।

    श्रुति यो फिल्मका लागि एउटा गीत ‘डिम्पल पिम्पल’ को सुटिङ गरिरहेकी थिइन् । यतिबेलाको उनको बोल्ड तस्बिर लिक भएको थियो । यो तस्बिर यति भाइरल भएको थियो कि गुगलमा सबैभन्दा धेरै सर्च गरिएको तस्बिर बनेको थियो । 

    यसबाहेक श्रुति आफ्नो बलिउड फिल्म ‘डी डे’ का लागि पनि निकै चर्चामा आएकी थिइन् । यो फिल्ममा श्रुतिले एक यौनकर्मीको भूमिका निभाएकी थिइन् । फिल्मको एउटा पोस्ट निकै विवादास्पद पनि भएको थियो ।

    यो पोस्टरमा श्रुति हसन आपत्तिजनक अवस्थामा अर्जुन रामपालसँग बसिरहेको देखिएकी थिइन् । यसका लागि निकै विवाद पनि भएको थियो । फिल्ममा श्रुतिले निकै बोल्ड दृश्य पनि दिएकी थिइन् । 

    कामको कुरा गर्नुर्दा उनको करियर उनका आमा–बुवाको जस्तो हिट रहेन । श्रुतिले थुप्रै साउथ इन्डियन फिल्ममा पनि काम गरेकी छिन् । उनले वारनम आयिरम, पृथ्वी। येननामो येधोसहित थुप्रै फिल्ममा काम गरेकी छिन् । 

    श्रुतिले फिल्म ‘लक’ बाट बलिउडमा कदम राखेकी थिइन् । यद्यपि, यो फिल्म खासै सफल रहेन । यसबाहेक उनले दिल तो बच्चा हे जी, रमैया वस्तावैया, वेलकम ब्याक र गब्बरजस्ता फिल्ममा पनि काम गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology