Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा प्रचण्ड–माधव समूहको आज धनगढीमा शक्ति प्रदर्शन, दुवै अध्यक्षले सम्बोधन गर्ने

नेकपा प्रचण्ड–माधव समूहको आज धनगढीमा शक्ति प्रदर्शन, दुवै अध्यक्षले सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १०:४९:४३ बजे
  • 1.5K
    SHARES
  • नेकपा प्रचण्ड–माधव समूहको आज धनगढीमा शक्ति प्रदर्शन, दुवै अध्यक्षले सम्बोधन गर्ने

    कैलालीको धनगढीमा नेकपाको प्रचण्ड–माधव समूहले आज वृहत् शक्ति प्रदर्शन गर्दैछ ।प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    images

    नेता डा. भीम रावलले जानकारी दिए अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हाे ।

    व्यापक जनसहभागितासहित प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भएको छ।’

    नेता रावलले निरंकुशताकाविरुद्ध र लोकतन्त्रको पक्षमा आयोजना गरिने आन्दोलनमा सहभागी आम नागरिकलाई आह्वान पनि गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # धनगढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology