Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माल्दिभ्सले पनि दियो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने अनुमति

माल्दिभ्सले पनि दियो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १२:२०:५३ बजे
  • 1.9K
    SHARES
  • माल्दिभ्सले पनि दियो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने अनुमति

    कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ ।माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडिए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।

    images

    स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचारअनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।

    खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागिमात्रै स्वीकृति दिइएको एमएफडिएले जनाएको छ ।

    त्यसैगरी १८ बर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

    कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक–फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।

    माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology