Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १२:५३:४० बजे
  • 2.3K
    SHARES
  • भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन्  मुरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको मुरादाबादका एसएसपी प्रभाकर चौधरी बताएका छन् ।


    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई÷दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # बस र ट्रक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology