नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूह पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।पार्टीमा अल्पमतमा परेपछि संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आमसभा गरेपछि फुर्ती बढेको उनले सुनाए ।
शनिबार धनगढीमा आफ्नो समूहले गरेको आमसभापछि ओली सडकमा पनि एक तिहाई मात्र हो भन्ने प्रष्ट भएको प्रचण्डले दाबी गरे । शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सडकमा पनि केपी ओली एक तिहाई हो । तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।’