Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेछ : भीम रावल

केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेछ : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १६:०५:१६ बजे
  • 2.1K
    SHARES
  • केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेछ : भीम रावल

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्।धनगढीमा शनिबार आयोजित विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

    images


    ‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु,’ उनले भने।रावलले आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाए।

    निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उनले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएका भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताए ।

    नेकपालाई बिसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उनको भनाइ थियो। किसानलाई विस्थापित हुनेगरी विदेशी कम्पनीलाई फाइदा हुने गरी ओलीले षड्यन्त्र गरेको समेत रावलले आरोप लगाए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology