Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाण्डौमा पनि देखियो बर्डफ्लू

काठमाण्डौमा पनि देखियो बर्डफ्लू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १७:१८:३७ बजे
  • 3.3K
    SHARES
  • काठमाण्डौमा पनि देखियो बर्डफ्लू

    नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

    images


    रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पनि विभागले जनाएको छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।


    विभागले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अपनाउन, फार्मलाई नियमित रुपमा निसंक्रमण गर्न तथा कुनै पन्छी बिरामी परेमा पशु सेवाका निकायमा सूचना गरीदिन विभागले आग्रह गरेको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # बर्डफ्लू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology