Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तीन दिनमै प्रधानमन्त्रीको बोली फेरियो: जनताले खोप १ वर्षभित्र पाउने दाबी

तीन दिनमै प्रधानमन्त्रीको बोली फेरियो: जनताले खोप १ वर्षभित्र पाउने दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • २०:३३:४७ बजे
  • 1.3K
    SHARES
  • तीन दिनमै प्रधानमन्त्रीको बोली फेरियो: जनताले खोप १ वर्षभित्र पाउने दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । चितवनमा शनिबार आयोजित आमसभामा उनले कोभिड- १९को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।

    images

    उनले भने, ‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन् । यो क्रम अगाडि बढिरहेको छ र मैले भनेको छु एकदमै ‘फोर प्रन्ट’मा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं । बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड- १९ लाई हामी नेपालबाट भगाउँछौं ।

    बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं । माघ १४ गते भने प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने बताएका थिए । बुधबार बालुवाटारमा खोप अभियानको सुरुवात गर्दै उनले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरेका थिए ।

    भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology