Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोप : गृहमन्त्री थापा

भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोप : गृहमन्त्री थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १५:३७:४८ बजे
  • 1.9K
    SHARES
  • भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोप : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोप बढेको बताएका छन् ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भारतले आफू अनुकूल हुने गरी सीमामा बाँध बनाउँदा नेपालमा बाढीपहिरोले वितण्डा मच्चाएको बताए । उनले सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको दाबी गरे ।

    images

    गृहमन्त्री थापाले नेपाल सरकारले पटकपटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले अटेर गरेको आरोप लगाए । ‘सरकारले पहल नगरेको होइन,’ उनले भने, ‘उनीहरुले आफ्नो हितमा काम गर्दा हामीलाई समस्या भयो ।’उनले बाँधको समस्याबारे भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला पनि उठाइएको, समस्या समाधान गर्ने विषयमा प्राविधिक कार्यदल गठन पनि भएको तर कार्यान्नयन नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology