प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् ।
मूलसडकमै दिने धर्नाका लागि अध्यक्षद्वय प्रचण्ड र नेपाल पनि सहभागी हुने नेताहरुले जानकारी दिएका छन् ।प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दैै सांसदहरुले यसअघि पनि धर्ना दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित भएको छ । ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन र जनसभा गर्दै आएको छ । ओली पक्षले पनि प्रचण्ड–नेपाल समूहको जवाफी शैलीमा जनसभा र प्रदर्शन गर्दै आएका छन् ।