Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’ - प्रचण्ड

छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’ - प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १८, २०७७ आइतवार • १३:०१:२० बजे
  • 1.7K
    SHARES
  • छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’ - प्रचण्ड

     नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू शोकमा हुँदा रुखो व्यवहार देखाएको स्मरण गरे । धनगढी पुगेर हिजो उनले ओलीलाई अमानवीय र निर्मोही भने ।

    images


    छोरा प्रकाशको मृत्यु हुँदा आफू झापामा ओलीको पक्षमा भोट माग्न पुगेको सुनाए । तर, ओलीले छोराप्रति अलिकति पनि सम्झना नगरेको र योगदानबारे पनि केही नबोलेको बताए ।

    जुन दिन ओलीको चुनावी क्षेत्रमा भोट माग्दै थिएँ प्रकाशको हृदयघातबाट मृत्यु भयो, प्रचण्डले भने,‘ओली जत्तिको अमानवीय र रुखो मान्छे देखेको छैन । उनको चुनावमा म गएको बेलामा छोराको मृत्यु भयो । उसको योगदान त छ नि, थोरै सम्झने पनि गरेनन् ।’

    पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो परिवारप्रति व्यङ्ग्य गरेकोमा प्रचण्डले कडा जवाफ दिए । उनले छोराछोरीलाई सँगै आन्दोलनमा लगेको र योगदान दिएको सुनाए । ‘म निसन्तान भइनँ, सन्तान भए मेरो गल्ती हो । दोष दिन मिल्छ ?’ उनले भने,‘छोराछोरी भएपछि आन्दोलनमा लागे । जेल बसे । तीन वर्ष भैरवनाथ गणमा बसेको चानचुने कुरा हो । बन्दुक बोकेर जङ्गल हिंडेको ख्याल ख्याल हो । छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology