नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता राजेन्द्र पाण्डेले ओली सरकारले चुनाव नगराउने दाबी गरेका छन्। एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा नेता पाण्डेले प्रधानमन्त्री ओलीले चुनाव गराए आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा पनि गरे।
बहुमत प्राप्त संसद् विघटन गरेर ओलीले त्यही संसदका लागि चुनाव नगराउने उनको भनाईं छ। ओलीको यो असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा पत्याउन नसकिने पाण्डेले बताए। उनले निर्वाचन आयोगले सूर्य चिन्ह प्रचण्ड-नेपाल पक्षलाई दिने पनि दाबी गरे।
नेकपाको प्रचण्ड-नेपाल पक्षसँग बहुमत केन्द्रीय सदस्य रहेकोले आयोगले आफूहरूलाई सूर्य चिन्ह नदिई सुखै नपाउने बताए। उनले दलसम्बन्धी कानून र नेकपाको विधान मान्दैन भने त्यस्तो निर्वाचन आयोग किन चाहियो ? भन्दै प्रश्न गरे।
आफूहरूलाई आधिकारिकता नदिए त्यो पनि गैर कानूनी निर्णय हुने पाण्डेले बताए। उनले भने, ‘प्रमुख निर्वाचन आयुक्तले इमान छोड्नुभयो भने उहाँ यही धर्तीमा बाँच्ने होइन र ? मान्छे त्यो पदबाट बाहिर निस्किएको दिन पनि त बाँच्नु त पर्छ नि। पर्छ कि पर्दैन ?’
प्रमुख निर्वाचन आयुक्तले ओली समूहलाई आधिकारिकता दिए प्रमुख निर्वाचन आयुक्तका छोरा नातिसमेत बाहिर निस्किएर चिया खाने अवस्था नहुने पाण्डेको तर्क छ। लोकपाटी बाट