Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्ने सूचना आयो :सुरेन्द्र पाण्डे

ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्ने सूचना आयो :सुरेन्द्र पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १३:५५:४५ बजे
  • 1.6K
    SHARES
  • ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्ने सूचना आयो :सुरेन्द्र पाण्डे

    नेकपाको प्रचण्डमाधव समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डले माघ २३ गते नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहले गर्ने जनसभामा राजावादीहरुको सहभागिता हुने बताएका छन् ।

    images

    संसद विघटनको विरुद्धमा माइतीघरमा भइरहेको धना कार्यक्रममा नेता पाण्डेले ओली समूहको सभाहरुमा राजावादीहरुको सहभागिता भइरहेको भन्दै यी भेलाहरु धर्म निरपेक्षताको विरुद्धमा रहेको बताएका छन् ।

    नेता पाण्डेले २३ गतेको सभामा राजावादीहरुको उल्लेख्य सहभागिता रहने र प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्ने सूचनाहरु आइरहेको भन्दै ओलीले यस्तो कार्य गर्नसक्ने आशंका व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीको कदमले दक्षिणपन्थीहरु खुशी भएको भन्दै पाण्डलेले ओलीले संघीयता र धर्मनिरपेक्षताको मर्ममा पटक पटक प्रहार गरेकाले उनले हिन्दु राष्ट्र घोषणा पनि गर्नसक्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology