Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किसानले भोक हड्ताल सुरु गरेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

किसानले भोक हड्ताल सुरु गरेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १५:५३:५९ बजे
  • 1.8K
    SHARES
  • किसानले भोक हड्ताल सुरु गरेपछि दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध

    किसानले भोक हड्ताल सुरु गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ ।शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    images

    भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेट बन्द गरिएको हो । आज मध्यरातसम्म नै मोबाइल इन्टरनेटमा प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले जनाएको छ ।


    भारत सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ कानुन फिर्ता लिनुपर्ने भन्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्ने गरेर सरकारले ल्याएको कानुनले आफूहरुलाई विस्थापित गर्ने किसानको गुनासो छ ।

    आन्दोलनरत किसान र सरकारबीच यसबीचमा पटक(पटक वार्ता भएपनि निष्कर्ष निस्कन सकेको छैन । आन्दोलनरत किसानले भारतको गणतन्त्र दिवसका अवसरमा दिल्लीमा ट्र्याक्टरसहित ¥याली निकालेका थिए ।

  • सम्बन्धित विषय:

  • # दिल्ली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology