Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली समूहका २० जना नेता हजारौं कार्यकर्ता हामीतिर आउँदैछन् : नेपाल

ओली समूहका २० जना नेता हजारौं कार्यकर्ता हामीतिर आउँदैछन् : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७७ आइतवार • १९:०५:३१ बजे
  • 3.9K
    SHARES
  • ओली समूहका २० जना नेता हजारौं कार्यकर्ता हामीतिर आउँदैछन् : नेपाल

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहका नेताहरू पनि ढिलो चाँडो मूल नेकपामा फर्किने बताएका छन्। प्रतिनिधिसभा पुनस्थापना भए ओली समूहका २० जना नेता हजारौं कार्यकर्ताले आफूलाई साथ दिने बचन दिएको नेपालले बताए।

    images

    बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकोले मूल नेकपा पनि आफूहरू भएको दाबी पनि गरे। आइतबार अखिल नेपाल किसान महासंघको बैठकमा नेपालले प्रधानमन्त्री केपी ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए। तर ओलीले उक्त प्रयास असफल भएको उनको दाबी छ।

    नेपालले आफूतिरका नेताहरू ओली समूहमा जान अस्वीकार गरिरहेको पनि बताए। उनले पार्टीले गर्ने विरोध सभामा किसानहरूको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिएका थिए।

    सोही कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले देशी-विदेशी प्रतिक्रान्तिकारीसँग मिलेर नेपाली जनता र आफ्नै सहयात्रीमाथि छुरा प्रहार गरेको आरोप लगाए। उनले पार्टी विभाजन गरेर, प्रतिनिधि सभा विघटन गरेर आफ्नै साथी/सहयात्री र जनतामाथि छुरा प्रहार गरेको बताए।

    ‘प्रतिक्रान्तिकारीहरुसँग मिलेर आफ्नै सहयात्रीहरुमाथि छुरा प्रहार गर्ने काम उनले गरेका छन्’, उनले भने, ‘पार्टी विभाजन गर्नु, संविधानमाथि प्रहार गर्नु, जनताले सार्वभौम अधिकार प्रयोग गर्ने जनप्रतिनिधि संस्था विघटन गर्नु जनताको मुटुमा छुरा हानेजस्तै हो।’

    उनले केपी ओलीको निरंकुशता, स्वेच्छाचारिता र अराजकताविरुद्ध फेरि एकपटक लड्नुपर्ने परिस्थिति आएको बताए। उनले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए। उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठूलो डिजाइनअन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको पनि बताए।

    उनले ओली नेतृत्वको सरकारले किसानमाथि प्रहार गरेको बताए। उनले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनु किसानको हितविपरीत भएको बताए। उनले ओलीको राष्ट्र र किसानविरोधी नीतिको खुलेर विरोध गर्नुपर्ने बताए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology