Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पक्राउ, सैनिक ‘कू’को आशंका

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पक्राउ, सैनिक ‘कू’को आशंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • ०९:४२:३९ बजे
  • 2.3K
    SHARES
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पक्राउ, सैनिक ‘कू’को आशंका

    एजेन्सी /म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले कु गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका हुन् ।

    images


    गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।


    सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो ।

    सेनाले नेतृ सुकीसहित राष्ट्रपति उइन मिन सहितका प्रमुख व्यक्तिलाई पक्राउ गरेपछि राजनीतिक संकट र अन्यौल बढेको समाचार विश्लेषण गरिएको छ । गत आम निर्वाचनमा नेतृको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।

  • सम्बन्धित विषय:

  • # आङसाङ सुकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology