नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।
अधिवक्ता समिर बलामीले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता मलामीले अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए ।
अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदको दाबी छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा,मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।