Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर

प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ १९, २०७७ सोमवार • १५:१७:१२ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

    images

    अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ ।

    सर्वोच्च अदालतमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।

    अदालतले उनीहरूलाई सात दिनभित्र लिखित जवाफसहित आाफैँ उपस्थित हुन आदेश दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology