Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य कार्की प्रहरीबाट कुटिए

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य कार्की प्रहरीबाट कुटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • १९:०५:३६ बजे
  • 1.6K
    SHARES
  • विरोध प्रदर्शनका क्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य कार्की प्रहरीबाट कुटिए

    अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुमाथि कुटपिट गरेको छ ।

    images

    विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्की घाइते भएका छन् ।विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।

    प्रहरीको कुटाईबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।कार्कीमाथि भएको कुटपिटको विरोध गर्दै सहसंयोजक भट्टराईले घोर निन्दा गरेका छन् । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।


    यस्तो छ सहसंयोजक भट्टराईको विज्ञप्ति
    असंवैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कने क्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौ । आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौ ।

    योगेश भट्टराई
    सहसंयोजक
    केन्द्रिय संघर्स समिती
    २०७७/१०/१९

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # कार्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology