Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लकडाउनमा कण्डम विक्री ३ गुणा बढी भएको खुलासा

लकडाउनमा कण्डम विक्री ३ गुणा बढी भएको खुलासा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७७ सोमवार • १९:४५:३५ बजे
  • 3.3K
    SHARES
  • लकडाउनमा कण्डम विक्री ३ गुणा बढी भएको खुलासा

    कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे ।तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा कण्डम र पिल्सको बिक्री बढेको खुलासा भएको जनाइएकाे छ।

    images

    कोरोनाकालमा लकडाउनको समयमा मानिसहरु घरभित्र रहन बाध्य भए । यस क्रममा भारतमा भने कण्डमको बिक्री अत्यधिक भयो । यसमा अझ रोचक के छ भने मानिसले रातमाभन्दा दिउँसै कण्डमको खरिद बढी गरेको डुन्जो एपले खुलाएको छ ।

    कन्सिअर्ज सर्भिस एप डुन्जोको डेलिवरी ट्रेण्ड्समा यो तथ्यांक बाहिर आएको हो । सर्वेको अनुसार डुन्जो एपमा कण्डमको अर्डर रातको तुलनामा दिउँसो बढि हुने गरेको थियो । लकडाउन ताका कण्डमको माग अन्य समयभन्दा तीन गुणा बढि थियो ।

    हैदराबादमा करीब ६ गुणा, चेन्नईमा ५ गुणा र जयपुरमा ४ गुणा बढि भएको थियो । त्यस्तै मुम्बई र बेगलुरूमा रातमा भन्दा दिउँसो कण्डमको अर्डर ३ गुणा बढेको थियो ।कण्डम मात्र होइन, लकडाउनको समयमा भारतमा गर्भनिरोधक चक्कि आईपिलको समेत माग बढेको थियो ।

    सर्वे अनुसार गर्भनिरोधक चक्किको माग हुने स्थानमा बेगलूरु, पुणे, गुरुग्राम, हैदराबाद र दिल्ली प्रमुख थिए । त्यस्तै प्रेगनेन्सी टेस्ट किट्सको माग जयपुरमा बढि थियो ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • # कण्डम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology