Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १०:२७:५८ बजे
  • 2.8K
    SHARES
  • जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

    जापानमा लागु गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ ।

    images

    कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् ।

    राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ ।

    जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए ।

    संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन् ।

    अहिले लागु गरिएको संकटलकाल आगामी फेब्रुवरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो ।

    जापानमा सोमबार मात्रै थप एक हजार ७ सय ९२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४ सय ७५ पुगेको छ ।

    त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८ सय ४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ ।

  • सम्बन्धित विषय:

  • # जापान
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology