Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा वैधानिकताको दाबी पेश

प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा वैधानिकताको दाबी पेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २०, २०७७ मंगलवार • १३:०३:४२ बजे
  • 3.5K
    SHARES
  • प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा वैधानिकताको दाबी पेश

    प्रचण्ड-नेपाल समूह नेतृत्वको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।

    images

    अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित मंगलबार आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।

    राजनीतिक दलसम्बन्धीको दफा ४४ आधार मानेर आफूहरुले पार्टीको आधिकारिताको दाबी गरेको प्रचण्ड–नेपाल समूहका लीलामणि पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

    निर्वाचन आयोगले पुरानो ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेको भएकाले हामीले पुनः २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गरेको बताए।

    उनले निर्वाचन आयोगमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरू आयोग पुगेको उनले जानकारी दिए।

    पोखरेलका अनुसार आफूहरूले आयोगमा केपी ओलीलाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको र महासचिव विष्णू पौडेललाई पदबाट हटाएको जानकारीसमेत गराएका थिए।

    निर्वाचन आयोगमा आफ्नो आधिकारिकता पुनः पेश गर्दै पोखरेलले पदाधिकारीसँग यसअघि १० पुसमै आफूहरूले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको अवगत गराएको बताए।

    उनले आवश्यक परे फेरि पनि ती हस्ताक्षरकर्तालाई शशरीर उपस्थित गराउन सक्ने पोखरेलको दाबी छ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड नेपाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology