मयूरपाटी - नेपाली लोक दुनिया क्षेत्रका सफल कलाकार नरेश खातीको नयाँ गीत 'माया मारेर' ले निकै चर्चा पाएको छ ।
नरेश खातीले धेरै गीतहरुमा आवाज दिइसकेका छन भने दर्शकमाझ निकै फरक खाल्का लोक सृजना बजारमा ल्याउने गरेका छन । नरेश खातीको गीतले बजारमा यतिबेला चर्चा परिचर्चा पाईरहेको छ ।
उक्त गीतमा शब्द, लय र स्वर नरेश खातीको रहेको छ भने उनलाई समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन । उक्त गीतको भिडियो निर्देशन पनि स्वयम खातीले नै गरेका छन । उनको गीत मिडिया देखी रेडियो , टेलिभिजन र युट्युव सम्म लोकप्रिय बन्दै गएको छ । भिडियोमा कमल ढुड्गाना, रुपेश आले मगर, गेम थापा, बल बहादुर, नरेश खाती र समिक्षा अधिकारीको भुमिका रहेक़ो छ ।
उक्त गीतको भिडियोलाई करन चैसियरले छायांकन र सम्पादन गरेका छन भने मनोज कार्कीले कलर गरेका छन । उक्त गीतको भिडियो मेक्सम खातीको युट्युव च्यानलबाट बजारमा आएको छ भने गोरक्ष म्युजिक प्रा. ली ले ब्यबस्थापन गरेको छ ।
भिडियो तल क्लिक गरेर हेर्नुहोस् ।