अनेरास्ववियूका विद्यार्थीहरुले मन्त्री क्वार्टर पुल्चोक नजिकै कालो झण्डा देखाएका छन् । मन्त्रीहरु निवासतिर फर्कने क्रममा पुल्चोकस्थित सडक छेउमा उभिएर विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।
मन्त्रीको गाडी देख्दा साथ विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । अनेरास्ववियूको पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध जनाउने रहेको थियो ।
मन्त्रीको गाडीलाई रोकेर नै विद्यार्थीहरुले विरोध जनाएका थिए । विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ ।
अनेरास्ववियूका नेताहरु आरती लामा, मनिषा कार्की, सञ्जय काल्जन, निरोज श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।