Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शक्तिशाली समाजवादमाथि सूक्ष्म र व्यापक दृष्टि

शक्तिशाली समाजवादमाथि सूक्ष्म र व्यापक दृष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १८:२३:५४ बजे
  • 1.8K
    SHARES
  • शक्तिशाली समाजवादमाथि सूक्ष्म र व्यापक दृष्टि

    जनगणतन्त्र कोरिया शक्तिसम्पन्न समाजवादी मुलुक हो भन्ने विषयमा अब कसैमा पनि भ्रम छैन ।

    images

    –पूर्णबहादुर सिंह

    क) आरम्भ

    आज विश्व–पुँजीवाद (उत्तरसाम्राज्यवाद) राजनीतिक, आर्थिक, सामाजिक दृष्टिले मात्र होइन, प्राकृतिक एवम् जैविक हिसाबले पनिसङ्कटमा छ । ‘साम्राज्यवाद समाजवादी क्रान्ति (सर्वहारावर्गको सामाजिक क्रान्ति) को पूर्वबेला हो । सामाजिक अन्धराष्ट्रवादसमाजवादप्रति पूर्ण विश्वासघात हो’ भनेर लेनिनले (सन् १९१६, साम्राज्यवाद पुँजीवादको चरम अवस्थाको भूमिका) उल्लेख गर्नुभएकोथियो । ‘मेरो निक्र्योलमा यी सबै खराबीहरू निर्मूल गर्ने एउटै मात्र उपाय भनेको सामाजिक उत्तरदायित्व लक्षित–शिक्षा व्यवस्थासहितकोसमाजवादी अर्थतन्त्रको स्थापना हो’, विश्वविख्यात भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले (समाजवाद नै किन ?, मई १९४९, मन्थ्लीरिभ्युको पहिलो अङ्कमा प्रकाशित, नेपाल रिडर्सका लागि दामोदर उपाध्यायको अनुवाद) जोडदार रूपमा समाजवादको पक्षपोषण मात्रहोइन, समाजवाद नै अद्वितीय विकल्प रहेको बताउनुभएको थियो । ‘पुँजीवादी युगको अन्त्य अपरिहार्य छ । पँुजीवादी युग बितिरहेकोछ तर छिटो होइन, अपरिहार्य रूपमा ।’ एक सशक्त विचारक एवम् अमेरिकी लेखक जेरेमी रिफ्किनको (जिरो मार्जिनल कस्ट सोसाइटी, राजकुमार श्रेष्ठ, ११ चैत, २०७६, नयाँ समाज) निष्कर्ष पनि पुँजीवादको विकल्प पुँजीवाद नभएर समाजवाद नै छ । विश्व–उत्तरसाम्राज्यवादले पैदा गरेको वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, पर्यावरणलगायत सङ्कटको हल एवम् विकल्पमानवजातिले खोजिरहेको छ । कथित समाजवाद होइन, वैज्ञानिक समाजवाद नै अहिलेको विश्व–सङ्कटको समाधान हो । विगतमाआमूल परिवर्तनको खातिर सञ्चालित जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्ध सम्झौतामा सीमित भए, अक्षम्य अपराध भयो जसले राष्ट्र रजनतालाई धोका भयो । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दलाल पुँजीवादी व्यवस्थालाई ध्वस्त पार्ने, त्यसको खरानीमा वैज्ञानिकसमाजवाद स्थापना गर्ने, अपराजेय हुने र धोकारहितको एकीकृत जनक्रान्तिको महाअभियान अगाडि बढिरहेको छ ।

    यसै सन्दर्भ र परिप्रेक्ष्यमा आदरणीय कमरेड अशोक सुवेदीको ‘शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा’ नामकपुस्तकमा समावेश रचनाहरूको अद्योपान्त अध्ययन गर्ने अवसर प्राप्त भयो । एकपटक पुनः जनगणतन्त्र कोरिया पुगेको अनुभूति भयो ।म कुनै कहलिएको समालोचक त होइन तर ९ अप्रिल, २०१७ मा जनगणतन्त्र कोरियाको कोरियाली समाज वैज्ञानिकहरूको सङ्गठन(कास) को निमन्त्रणा र नेपाल कोरिया लेखक–पत्रकार मञ्चको नेतृत्वमा सम्पन्न भ्रमणको एक यात्रीको हैसियतले उक्त पुस्तककाबारेमा केही अभिव्यक्त गर्नु वाञ्छनीय छ ।

    ख) लेखक

    अशोक सुवेदी माक्र्सवादी साहित्य जगत्मा लेखक, कवि, कथाकार, निबन्धकार, सम्पादक, समालोचक आदिले परिचित नाम हो ।अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष, माक्र्सवादी साहित्यप्रतिष्ठानको अध्यक्षको हैसियतमा सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहनुभएको छ । उहाँ नेपाल कोरिया लेखक–पत्रकार मञ्चकाअध्यक्ष, रातो खबर साप्ताहिक, रातो खबर प्रकाशन गृह र नौलो बिहानी मासिकका सम्पादक तथा जनशिक्षा मासिकका विशेषसम्पादक पनि हुनुहुन्छ । महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका एक कुशल योद्धा एवम् सिर्जनात्मक स्रष्टा पनि । दर्जनौँ–दर्जनपुस्तकहरूको सम्पादन मात्र होइन, आफ्नै छ दर्जनजति विभिन्न रचनाहरू सिर्जना गरिसक्नुभएको छ । उहाँका सबै रचनाहरू कुनैपुस्तकालयहरूका बौद्धिक कसरत तथा निर्जीव सङ्ग्रह नभएर कमरेड माओले भनेझैँ सामाजिक व्यवहार (उत्पादनसम्बन्धी सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग) का सजीव उपज हुन् । यो पुस्तक त्यसमा एक नयाँ इँट हो ।

    कमरेड अशोक सुवेदीसँग आन्दोलनकै क्रममा परिचित भई सहकार्य भयो । उहाँको सैद्धान्तिक स्पष्टता (वैचारिक दृढता), वर्गीयपक्षधरता, कार्यतत्परताजस्ता मूल गुण एवम् विशेषताले मलाई झनै परिचित तथा समीप तुल्याउँछन् । हरेक मानिसमा हुने आमगुणभन्दाकेही विशिष्ट क्षमताका आधारमा मलाई विदित तुल्याएको हो ।

    ग) पुस्तक

    ‘शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा’ यो कुनै मनोवाद र काल्पनिक कथा होइन । यो त बाघको डमरु समात्नगुफामा पुग्नु पर्दछ भनेझैँ ९ अप्रिल, २०१७ मा जनगणतन्त्र कोरियाको कोरियाली समाज वैज्ञानिकहरूको सङ्गठन (कास) को निमन्त्रणार नेपाल–कोरिया लेखक–पत्रकार मञ्चको नेतृत्वमा सम्पन्न भ्रमणका क्रममा प्रत्यक्ष अवलोकन र अध्ययनपछिको सिंहावलोकन हो ।सरल, सजीव र सविस्तार अनुभूत गरिएका विषयहरूको सङ्ग्रह हो । इलेमेन्टको इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन छुट्ट्याइएजस्तै अन्तरसंवादशैलीमा जनगणतन्त्र कोरियाको सजीव शब्दचित्र हो । यस पुस्तकमा उहाँले जनगणतन्त्र कोरियाको कण–कणका सबै विषय, प्रवृत्ति, पात्र र परिवेशहरूको अद्योपान्त आख्यानात्मक रूपमा उल्लेख गर्नुभएको छ । लेखकीयमा लेखकले ‘सत्य सरल छ, कोरियाजस्तै, मिसपाक जिन हुईजस्तै’ उल्लेख गरेर नै पुस्तकको सार अभिव्यक्त गर्नुभएको छ । ‘उत्तरकोरियाको वास्तविकता र त्यहाँका जनताकोभावनालाई पुस्तकमार्फत कमरेड अशोक सुवेदीले जसरी बाह्य दुनियाँमा प्रस्तुत गरिदिनुभएको छ, यो एक कम्युनिस्ट अन्तर्राष्ट्रियदायित्वसँग जोडिएको छ’, गौरवशाली पार्टी नेकपाका आदरणीय महासचिव कमरेड विप्लवले मन्तव्यमा व्यक्त गर्नुभएको छ । उहाँले‘यतिबेला उत्तरकोरिया र अमेरिकाबीचमा चरम सङ्घर्ष भइरहेको छ । यो सङ्घर्ष युद्धमा परिणत हुन्छ कि भन्ने चिन्ता सर्वत्र छ ।वास्तवमा यो विवादमा उत्तरकोरिया र कोरियन जनताको कुनै गल्ती छैन । उनीहरू आफ्नै देशमा बसेर आफ्नो देशको उन्नति र समृद्धिकालागि कडा मेहनत गरिरहेका छन् । कठिन परिस्थितिमा कोरियाले गरिरहेको विकास सामान्य छैन । हरेक स्वाधीनताप्रेमी नागरिकलाईप्रज्वलित गर्ने स्तरको छ । अनौठो कुरा उत्तरकोरियाको यो मेहनत र विकास अमेरिका र उसका पुच्छरहरूलाई असैह्य भएको छ ।उनीहरूले कठोर र अमानवीय नाकाबन्दी लगाएका छन् । अनेकौँ भ्रामक प्रचार गरिरहेका छन् । हरन्यायप्रेमी, स्वाधीनतावादी, मानवतावादी नागरिकले अमेरिकाको नेतृत्वमा भइरहेको यो हस्तक्षेपको प्रतिवाद गर्नुपर्छ । यो पुस्तकले पनि उत्तरकोरियाको वास्तविकताबुझ्न सहयोग पुर्याउँछ ।’ (पृष्ठ, क–ख मा) सुन्दर ढङ्गले उल्लेख गर्नुभएको छ ।

    महासचिवले ‘नेपाललाई हामी आजको पराधीन र उत्पीडित अवस्थाबाट मुक्त गरी एक स्वाधीन र समृद्ध देश बनाउन चाहन्छौँ तरपुँजीवादी, साम्राज्यवादी–उत्तरसाम्राज्यवादीहरूले हाम्रो देश र जनतालाई चरम उत्पीडन गरिरहेका छन् । उनीहरू नेपाललाई स्वाधीन रसमृद्ध राष्ट्रका रूपमा हेर्न चाहँदैनन् । हाम्रा युवाहरूले के बुझ्नुपर्छ भने जुन दिनसम्म नेपाल दलाल पुँजीवादको तानाशाही शासनभित्र कैदहुनेछ त्यस बेलासम्म हाम्रा नागरिकले नयाँ जीवन प्राप्त गर्नसक्ने छैनन् । हामी नयाँ, स्वाधीन र समृद्ध जीवन चाहन्छौँ भने नेपाललाईसंसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा बदल्न अनिवार्य छ । यसका लागि नेपाली युवाहरूले एकपटक वैज्ञानिक समाजवादीक्रान्तिमा समर्पित हुन आवश्यक छ । हाम्रो देशको यथार्थ र आवश्यकता बुझ्न कमरेड अशोक सुवेदीको यो पुस्तकले युवा पुस्तालाईमद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।’ भन्ने उल्लेख गर्दै कोरियाबाट सबैले सिक्ने, विशेषतः युवाहरूलाई दर्शक होइन, जीवनमा बदल्नआह्वान गर्नुभएको छ ।

    लेखकले मुख्य पाँच र ३९ उपशीर्षकमा विभक्त गरेर पुस्तकद्वारा कोरिया भ्रमणको उद्देश्य, उपलब्धि, सीमा–कमजोरी, सन्देश, नेपालीक्रान्ति, नेतृत्व, जनता, मुलुकको अवस्था र कोरियाली क्रान्ति, नेतृत्व, जनता र त्यहाँको वस्तुस्थितिको अद्योपान्त निकै सरल एवम् सरसतथा कलात्मक ढङ्गले अभिव्यक्त गर्नुभएको छ । समाजवादी जनगणतन्त्र कोरियाको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, कला, साहित्य, समाज, सभ्यता, समृद्धि, विकासलगायत क्षेत्रको कलात्मक रूपले प्रतिबिम्बित गर्नुभएको छ ।

    घ) विषयवस्तुहरू

    १) शक्तिशाली समाजवादको पुष्टि

    ‘जनगणतन्त्र कोरिया शक्तिसम्पन्न समाजवादी मुलुक हो भन्ने विषयमा अब कसैमा पनि भ्रम छैन । कसैले भ्रम पालेको छ भने त्यो किकोरियाको शक्तिबारे जानकार छैन, कि त साम्राज्यवादबाट परिचालित छ भने हुन्छ । कोरिया स्वतन्त्र भएदेखि नै उसमाथि नाकाबन्दी रप्रतिबन्ध लगाउन थालेका हुन् तर कोरिया आजसम्म आफ्नै विचार, व्यवस्था र शक्तिमा टिकेको छ, फुलेको छ र फलेको छ । संसारबाटैकम्युनिज्मको जरोकिलो र बिउ नामेट पार्ने योजनामा रहेको अमेरिकी साम्राज्यवाद (अब उत्तरसाम्राज्यवाद) ले समाजवादी मुलुकरुसलाई खण्डित गरेपछि र बर्लिनको पर्खाल ढालेपछि संसारबाटै कम्युनिज्म समाप्त भएको ऐलान गरेको थियो तर कोरियालेसाम्राज्यवादको झूट्टो बकबास र प्रलापलाई हावा खुवाउँदै एसियामा एउटा शक्तिशाली समाजवाद छ र त्यसले संसारलाई एउटा मीठो रसुखद सन्देश दिइरहेको छ भन्ने प्रमाणित गरिरहेको छ ।’ लेखकले आफ्नो लेखकीयमा कुनै कपोलकल्पित दाबी होइन, सफेद वस्तुवादीतथ्यसहित प्रमाणित एवम् पुष्टि गर्नुभएको छ ।

    जापानी र अमेरिकी साम्राज्यवाद र देशीय सामन्तवादको शोषण–उत्पीडन, हस्तक्षेप र आक्रमणलाई परास्त गर्ने कोरियाली जनक्रान्ति, बलिदान र विजयले नै यो समाजवादको सम्भव भएको हो । विचार, नेतृत्व र जनताबीचको अभेद्य एवम् एकीकृत योग एवम् शक्तिलेशक्तिशाली समाजवादी सत्ता (व्यवस्था) को स्थापना, विकास र रक्षा सम्भव तुल्याइरहेको छ । विश्वमा समाजवाद साम्राज्यवादकोकारणले असफल र विघटन भएको होइन, वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत आन्तरिक र संशोधनवादको पुँजीवादमापतन, समाजवादी शक्तिमा विभाजन र साम्राज्यवादी घेराबन्दी, घुसपैठजस्ता बाह्य कारणहरू रहेको हाम्रो पार्टीले संश्लेषण गरिसकेकोछ । हामीले कोरियाली नेतृत्व र जनतासँग तथा सबैसँग यी नै विषयहरूमा केन्द्रित भएर बहस गरेका थियौँ, अझै गरिरहनुपर्छ ।समाजवादको क्षणिक असफलतालाई ढलेको र इतिहासको विषय देख्ने र देखाउने संशोधनवादी र साम्राज्यवादीहरूका लागिजनगणतन्त्र कोरिया एउटा ज्वलन्त उदाहरण हो । कोरियाले वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सैन्य, प्राविधिकदृष्टिले गरेको विकास, सभ्यता र समृद्धि तथा क्रान्तिकारी विचारले लैस नेतृत्व र जनता अनि देशभक्तिपूर्ण एकता नै शक्तिशालीकोरियाको पहिचान हो । तसर्थ विश्व–उत्तरसाम्राज्यवादलाई ठाडो सवक दिइरहेको छ । उत्तरसाम्राज्यवादी विभाजनमा उपहास, घेराबन्दी र नाकाबन्दीका बाबजुद पनि सतिसालझैँ हरपल, हरघडी हरेक चुनौतीको डटेर सामना गर्न तयार छ–जनगणतन्त्र कोरिया ।

    २) मिस पाक जिन हुई (‘नानी’ बोलाउने नाम) लाई पात्र

    लेखकले यस कृतिमा मिस पाक जिन हुई (नानी बोलाउने नाम) लाई पात्र बनाएर १०५ औँ सूर्योदय दिवसमा कोरियाली जनता, जनमुक्तिसेना, विदेशी पाहुना र मार्सल किम जोङ उनसँगै सहभागिताको सजीव संस्मरण, अनुभूति सविस्तार उल्लेख गर्नुभएको छ । पूर्वाभासमाकोरिया प्रवेशदेखि मिस पाक जिन हुई (नानी बोलाउने नाम) र सबै कमरेडहरूसँगको परिचय, प्राकृतिक सौन्दर्य, समाजवादी मुलुककानेता, कार्यकर्ता र जनताको वैचारिक दृढता, अनुशासन, कार्यतत्परता, कार्यकुशलता, विकास, सभ्यता र समृद्धिको मिस पाक जिन हुई(नानी बोलाउने नाम) हाम्रो टिमको इन्टरपेटर बन्नु एउटा दुर्लभ संयोग ठान्दै उनलाई पात्र बनाएर अन्तरसंवाद शैलीमा सबै कार्यक्रम, विषय, घटना, पात्र र प्रवृत्तिलाई लिपिबद्ध गर्नुभएको छ ।

    ३) सेमिनारहरू

    साम्राज्यवादविरुद्ध, जुछे विचार, सङ्गुन पोलिसीलगायत विषय केन्द्रित सेमिनारमा विभिन्न मुलुकका प्रतिनिधिहरूको सहभागिता रबहसलाई जीवन्त रूपले उल्लेख गर्नुभएको छ । यसप्रकारका सेमिनार भिन्न तीनवटा स्थानमा सम्पन्न भएका थिए । कोरियालीजनक्रान्तिका शिक्षा, अनुभव, कार्यनीति, रणनीति आदि नेपाली जनक्रान्तिमा पनि अनुशरणीय हुन सक्छन् । विश्व–सर्वहारावर्गको साझादुस्मन उत्तरसाम्राज्यवाद हो, आआफ्नो ठाउँमा लडौँ र वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ यसको सन्देश हो ।

    ४) अवलोकन

    एउटा भँगेराको शल्यक्रियाले सबै भँगेराको अध्ययन सम्भव हुनसक्छ । यात्राका क्रममा फ्लावर गार्डेन, जुछे स्क्वायर, भिक्टोरियसफादरल्यान्ड वार म्युजियम, कमरेड किम इल सुङको जन्मस्थल म्याङयोङ्डे, चिल्ड्रेन अस्पताल, जुछे टावर, भिक्ट्री गेट, भूमिगत रेल, विज्ञानप्रविधि भवन, कुमसुसान प्यालेस, प्योङयाङका विभिन्न स्थानहरू आदिको अवलोकन तथा अध्ययनपछिका ताजा अनुभूतिहरूउल्लेख गरिएका छन् । त्यसले समग्र कोरियाको अध्ययनमा सहयोग गर्दछ ।

    ५) तस्बिरमा कोरिया

    ‘तस्बिर आफैँ बोल्छ’ भनेझैँ कोरिया यात्राका १५२ वटा तस्बिरहरूको माध्यमबाट कोरियाको विकास, समृद्धि, सभ्यता, कला, साहित्यआदिका बारेमा पुस्तकका पाठकहरू स्वयम् प्रत्यक्ष पुगेर अवलोकन गरेजस्तै अनुभूति हुने गरी प्रस्तुत गर्नुभएको छ । साथमा नेपालकोनेतृत्व, जनमुक्ति सेना, सहिद, गौतम बुद्ध, लेनिन, स्टालिन, माओ, फिडेल, चे, गोन्जालो, रामेछापका तीन लालहरू, अग्रज जनवादीस्रष्टाहरू, पेरिस कम्युनार्डको हत्यास्थल, कवि हित–जून स्मृतिमा निर्मित विद्रोहस्तम्भलगायत तस्बिरहरूले पनि पुस्तकको अध्ययनलाईअझै रोचक बलाएका छन् । तस्बिर सबैले बुझ्ने भाषा पनि हो । कोरिया र नेपालका जनताको अवस्थाको तुलना पनि तस्बिरमा भएको छ।

    ६) नेपाल–कोरियाको तुलना

    जनगणतन्त्र कोरिया जापानी र अमेरिकी साम्राज्यवाद र देशीय सामन्तवादको शोषण–उत्पीडन, हस्तक्षेप र आक्रमणलाई परास्त गरेरजनक्रान्ति, बलिदान र विजयी भएको मुलुक हो । विचार, नेतृत्व र अभेद्य जनताबीचको एकीकृत योग एवम् शक्तिले शक्तिशालीसमाजवादी सत्ता (व्यवस्था) को स्थापना, विकास र रक्षा सम्भव भएको हो । त्यहाँ समाजवादी विकास, सभ्यता, समृद्धि, अनुशासन, दृढता, कार्यतत्परता र कार्यकुशलता छ ।

    नेपालमा विगतदेखि नै जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्ध चले पनि सम्झौता र धोकाको पुनरावृत्ति भयो । दिन, महिना, वर्ष फेरिए ।नेता फेरिए । पुरानै व्यवस्थाको नाम फेरियो तर देश र जनताको जीवन फेरिएको छैन । अझ दलाल पुँजीवादले देश र जनतालाईशोषण, उत्पीडन र दमनले आहत तुल्याइरहेको छ । वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्ने एकीकृत जनक्रान्ति चलिरहेको छ ।लेखकले दुई मुलुकका नेतृत्व, जनता, कार्यकर्तालगायत राजनीति, आर्थिक, समाजिक, सांस्कृतिक, प्राविधिक सबै क्षेत्रको जमिनीयथार्थको तुलना गर्नुभएको छ । लेखकले समाजवाद–साम्यवादसम्म नपुगेसम्म हामी सदा जागै रहनुपर्छ भन्दै महासचिव कमरेडविप्लवको गीत ‘जागै बस साथी जागै बस’ उद्धरण गर्दै क्रान्तिका लागि र प्रतिक्रान्तिका विरुद्ध सबै तयार रहन आह्वान गर्नुभएको छ ।महान् सहिद कमरेड कृष्ण सेन र धु्रव ज्ञवालीका गीत उल्लेख गर्नुको तात्पर्य पनि यही रहेको छ । मातृभूमिप्रतिको अगाध माया एवम्देशभक्तिको भावमा आमा गीत पनि गुनगुनाउनुभएको छ ।

    ७) पात्र र प्रवृतिको चित्रण

    लेखकीयमा र यात्रा, बहस र षड्यन्त्र उपशीर्षकमा मानिसको जिउने तरिकाले सोच्ने तरिकाको निर्धारण गर्दछ अर्थात् चेतना पदार्थकोप्रतिबिम्ब हो भन्ने कुराको यथार्थ चित्रण गर्नुभएको छ । लेखकले यात्रामा सहभागीहरूको मात्र होइन, स्वदेशमा रहेर कुण्ठा, ईष्र्या र द्वेषप्रकट गर्दै बकबास गर्ने पात्र र प्रवृत्तिको राम्ररी चित्रण गर्नुभएको छ । समाजवादी सभ्यता, संस्कृति, अनुशासन र नेपालीको बानी हुन्छभनेझैँ यात्रीहरूको चर्तिकला केकस्तो रह्यो भनेर स्पष्ट उल्लेख गर्नुभएको छ । ‘हल्लै हल्लाको देश’ कवि भूपी शेरचनले भनेझैँ केही पात्रर मिडियाको कुप्रचार एवम् पीतपत्रकारिताको धज्जी उडाउनुभएको छ । सकारात्मक र नकारात्मक प्रवृत्ति र पात्रको जीवन्त उल्लेखगर्नुभएको छ ।

    ८) कम्युनिस्ट अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने अभियान

    ‘उत्तरकोरियाको वास्तविकता र त्यहाँका जनताको भावनालाई पुस्तकमार्फत कमरेड अशोक सुवेदीले जसरी बाह्य दुनियाँमा प्रस्तुतगरिदिनुभएको छ, यो एक कम्युनिस्ट अन्तर्राष्ट्रिय दायित्वसँग जोडिएको छ’ भनेर महासचिव कमरेड विप्लवले आफ्नो मन्तव्यमासारगर्भित रूपले व्यक्त गर्नुभएको छ । कोरियाली नेतृत्व, कार्यकर्ता र जनतासँग मात्र होइन, ४५ मुलुकका साम्राज्यवादविरोधी शक्तिकाप्रतिनिधिहरूसँगको सेमिनार, अन्तरक्रिया र बहसले र पार्टी प्रकाशनहरूको वितरणले यो अभियानको दायित्व बहन भइरहेको छ । यद्यपिभाषाको माध्यमबाट यसलाई अझ व्यापक बनाउन जरुरी छ । यो कुनै बुर्जुवाले विदेश भ्रमण गरेर वर्णन गरेजस्तो होइन । यो त सिक्ने, सिकाउने र प्रचारप्रसार गर्ने अभियान पनि हो ।

    ९) कोरियामा पुस्तक लोकार्पण

    अघिल्लो यात्रापछि कमरेड अशोक सुवेदीद्वारा लिखित ‘जनगणतन्त्र कोरिया यात्रा र हाइड्रोजन भूकम्प’ नामक पुस्तक जनगणतन्त्रकोरियाको कोरियाली समाज वैज्ञानिकहरूको सङ्गठन (कास) का महसचिव, विदेशी अतिथिहरू, नेपाली प्रतिनिधिहरू र सयौँकोसहभागितामा औपचारिक कार्यक्रमसहित लोकार्पण भयो । उक्त पुस्तक र महासचिव कमरेड विप्लवको ‘एकीकृत जनक्रान्ति’ पुस्तकवितरण पनि गरियो । यसले नेपाली जनक्रान्तिको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह भयो । यो सन्दर्भ पुस्तकमा राम्रोसँग आएको छ ।

    ङ) निष्कर्ष

    ‘साम्राज्यवादी सन्धिहरू, सम्बन्धहरूको सिक्री तोडिदियौँ, पिण्ड छुट्ट्याएर स्वाधीनताको हावामा निस्केका छौँ । सम्पूर्ण संसारको अगाडिशान्ति र समाजवादको झन्डा फहराएका छौँ’ लेनिनले (अमेरिकी मजदुरहरूलाई चिठी, सङ्कलित रचनासङ्ग्रह खण्ड ३७, पृष्ठ ४८–६४, १० अगस्ट, १९१८) अक्टोबर क्रान्ति विजयको करिब एक वर्षपछि भनेझैँ जनगणतन्त्र कोरियामा समाजवादको झन्डा फहराइरहेको छ ।नेपालमा भने जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्ध चले पनि सम्झौता, घात र धोका भएको छ । जनादेशको उपहास भएको छ ।लेखकले पनि यस पुस्तकमा सिसिफसको ढुङ्गाको कथाको स्मरण गराउनुभएको छ । राष्ट्र र जनतामाथि दलाल पुँजीवाद फासिवादीढङ्गले लादिएको छ । प्राचीन रोमको पौराणिक कथामा जुपिटरको टाउकोबाट मिनर्भा निस्केजस्तै केपी–प्रचण्ड सामाजिक दलालपुँजीवादीहरूले प्रतिक्रान्तिको नेतृत्व गरिरहेका छन् । सिदेमान र ज्योति बसुको नेपाली अनुहारमा एकीकृत जनक्रान्तिको मुना निमोठ्नेकुचेष्टा गरिरहेका छन् । कथित समाजवादको होहल्ला गरिरहेका छन् । उत्तरसाम्राज्यवादको मृत्यु र वैज्ञानिक समाजवादको विजयअवश्यम्भावी छ । कमरेड अशोक सुवेदीको ‘शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा’ पुस्तकको मूल सार पनि यहीछ । वैज्ञानिक समाजवाद सार्वभौम विचार, दृष्टिकोण र व्यवस्थाको हो । जनगणतन्त्र कोरिया शक्तिसम्पन्न समाजवादी मुलुक हो भन्नेविषयमा अब कसैमा पनि भ्रम छैन । यो अभियान एक कम्युनिस्ट अन्तर्राष्ट्रिय दायित्वसँग जोडिएको छ । कोरिया यात्रा महत्वपूर्ण रउपलब्धिपूर्ण हो । ‘शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा’ पुस्तकको अध्ययन गरेर हाम्रा जनता मूलतः युवाहरूलेकोरियाबाट सिक्न जरुरी छ । शक्तिशाली समाजवादी जनगणतन्त्र कोरियाबाट सिकौँ । अन्त्यमा कमरेड अशोक सुवेदीलाई हार्दिकशुभकामना व्यक्त गर्दछु । ‘धारिलो किनाराबाट सुरु गर’ भन्ने कोरियाली गीतझैँ वैज्ञानिक समाजवादका खातिर एकीकृत जनक्रान्तिमासहभागी बनौँ । लेनिनको शब्दमा हामी अजेय छौँ किनभने विश्वसर्वहारा क्रान्ति अजेय छ । धन्य

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology