Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनेरास्ववियूको देशभर आधाघन्टा चक्काजाम

अनेरास्ववियूको देशभर आधाघन्टा चक्काजाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १०:१३:१७ बजे
  • 2.5K
    SHARES
  • अनेरास्ववियूको देशभर आधाघन्टा चक्काजाम

    नेकपाको प्रचण्ड–नेपाल समूह निकट (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी) अनेरास्ववियूले बुधबार देशभरका क्याम्पस अगाडि आधाघन्टा चक्काजाम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम’ भन्दै आन्दोलनरत अनेरास्ववियूले बुधबार चक्काजामसहित विरोध प्रदर्शन गरेको हो ।

    images

    बुधबार बिहान सानोठिमी क्याम्पस अगाडि आयोजित चक्काजाम कार्यक्रममा बाेल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले असंवैधानिक ढंगले अवरुद्ध पारिएको संसद सुचारू नगरिँदासम्म आन्दोलन नरोकिने बताए । बस्नेतले भने, “निर्वाचित तानाशाहको रुप धारणा गरेका ओली संविधानको भक्षक बन्दै गएका छन् ।”


    बस्नेतले प्रधानमन्त्री स्वयं आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा कहीँ नभएको जात्राको संज्ञा दिए । उनले भने, “सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैँ पञ्च र्यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएका छन् ।” प्रधानमन्त्री ओली राष्ट्रिय ढुकुटी रित्त्याएर पञ्चभेला गर्न लागेको बस्नेतले आरोप लगाए ।

    अनेरास्ववियूले उपत्यकाको आरआर, शंकरदेव, मिनभवन, सानोठिमी, अस्कल, कीर्तिपुर, पशुपति, पाटन, ताहाचल, पुल्चोक, थापाथली, ग्रामिण आदर्श लगायतका कलेज अगाडि आधाघन्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology