Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनमुक्ति सेनालाई खरीद गर्नेतिर ओली पक्ष लागे : प्रचण्ड

जनमुक्ति सेनालाई खरीद गर्नेतिर ओली पक्ष लागे : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७७ बुधवार • १६:२१:५२ बजे
  • 1.7K
    SHARES
  • जनमुक्ति सेनालाई खरीद गर्नेतिर ओली पक्ष लागे :  प्रचण्ड

    नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले गणतन्त्रका लागि लडेका जनमुक्ति सेनालाई समायोजन पछि पार्टी कमिटिहरुमा समायोजन गर्ने कुरामा नेताहरुको त्रुटी भएकाले बिजोग भएको बताएका छन् ।

    images


    बहिर्गमित जनमुक्ति सेनाको तेस्रो राष्ट्रिय सम्मेलनको पेरिसडाँडामा उद्घाटन गर्दै प्रचण्डले समाजमा र पार्टीमा सबै तहका कमाण्डरहरुलाई सम्मानजनक जिम्मेवारी दिने कुरामा नेताहरुले त्रुटी भएको स्वीकार गरे ।


    अहिले काली बहादुर खाम कहाँ छन् ? घाईते अपाङगहरुको अवस्था के छ भनेर प्रधानमन्त्रीले सोधेको प्रति ब्यंग्य गरे ।
    उनले आफ्नै पार्टीको सरकार हुँदा समेत ओली सरकारले घाईते अपागंहरुको भत्ता समेत कटौती गरेको भन्दै अहिले पूर्व जनमुक्ति सेना भनेर ओलीले बोलेको मात्र बताए ।


    उनले आफैले बनाएको गृहमन्त्री बादलले माईतीघरमा घाईतेहरुमाथि लाठी चार्ज गराउदा आफूलाई ठूलो पीडा भएको र खुमलटारबाटै रिण काढेर भए पनि मलम लगाउने कोशिस गरेको जिकिर गरे ।


    जनमुक्ति सेनालाई खरीद गर्नेतिर ओली पक्ष लागेको प्रचण्डको दाबी छ, अहिले भेडाबाख्रा जस्तो ठानेर अहिले एक सय लिएर गए दश लाख, अलि बढी लगे ३०÷४० लाख, हजारै लगे एक करोड नै दिने गरी खेल भईरहेको प्रचण्डको दाबी छ ।
    आफूहरुले पैसा, जागिर, उपचार खर्च र संगठनमा राम्रो जिम्मेवारी दिन नसकिएको स्वीकार गर्दै प्रचण्डले अहिले पनि जनमुक्ति सेनाले सम्मान गर्ने गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology