नेकपा बिप्लबको तिन कार्यकर्ता रिहा गर्न सर्बोच्चको बाध्यकारी आदेश जोखिमलाई गर्यो पुन: पक्राऊ बिद्रोही नेकपा (बिप्लब) का बिभिन्न तहका तिन जना नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्बोच्च अदालतले बाध्यकारी आदेश जारी गरेको छ।नेकपा नेता नर बहादुर बोहोराको हकमा हंश बोहोरा,अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्यहरु हर्क बहादुर बिक र मदन चन्दको हकमा क्रमश उमेश बिक र दिनेश नेपालीले दर्ता गरेको बन्दी प्रत्यक्षकरण रिट माथी सर्बोच्च अदालतको न्यायधिशद्वय सुष्मालतामाथेमा र मनोज कुमार शर्माको संयुक्त ईजलाशले बैचारिक आस्थाकै कारण प्रबृत भावना राखी पटक पटक गिराफ्तार गरी गैर कानुनीरुपमा बन्दी बनाईएको ठहर गर्दै तिनै जनालाई अदालतकै रजिष्टारको रोहबरमा थुनमुक्त गर्न आदेश दिएको छ।

प्रहरी प्रधान कार्यलय नक्शाल,महानगरीय प्रहरी परिसर टेकु तथा जिल्ला प्रहरी कार्यलय सिराह समेतलाई बिपक्षी बनाई हालिएको रिट निबेदकको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी,विद्वान अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल,कान्तिराम ढुंगाना र सन्तोष कोईरालाले बहस र नेपाल सरकारको तर्फबाट उपन्यायधिबक्ता शान्तिप्रसाद लुईटेलको बहस सुनि सके पछी न्यायधिशद्वयले बैचारिक आस्थाकै आधारमा गैर कानुनी रुपमा बन्दी बनाइएका तिनै जनालाई अदालतले पटक पटक बन्दि प्रत्यक्षी करणको आदेश दिदा पनि पुन:एकै मुद्दामा पक्राउ गरिएको देखिएको हॅुदा अब पनि सोही बिषयमा पक्राऊ गरिएमा नेपालको संबिधान धारा १२८(४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम बिवक्षीलाई कार्बाही गर्ने समेत जनाएको छ।

यसै बिच सर्बोच्च अदालतको आदेशको ठाडो उल्लंघन गर्दै नर बहादुर बोहोरा (जोखिम)लाई अदालतको गेट बाट नै प्रहरीले पुन: पक्राऊ गरी झापा लैजाने तयारी गरेको अधिबक्ता सन्तोष कोईरालाले जानकारी दिनु भएको छ।स्मरण होस बिद्रोही नेकपा र सरकार बिच बार्ता गर्ने तयारी भएको चर्चा भईरहेको बेला नेकपाको बार्ता टोली सदस्य तथा स्थायी समिता सदस्य धर्मेन्द्र बोस्तोला कन्चन लाई प्रहरीले ललितपुरबाट पक्राऊ गरेको थियो भने हिजो मात्रै नेपाल सरकारको खानेपानी मन्त्री मणी थापाले नेकपा नेता हेमन्त प्रकाश वलीलाई केन्द्रिय कारागार गएर भेटेर बार्ताका लागी प्रस्ताब गरेका थिए ।