नेकपा स्थायी किमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट प्रहरीले पक्राउ गरेकाे छ। प्रचण्ड नेपाल समूहको नेकपाले आह्वान गरेको आम हड्तालका लागि सडकमा उत्रिएका शाक्यसहित केही नेताहरुलाई प्रहरीले पक्राउ गरेकाे हो।
आम हड्तालकाे पक्षमा सडकमा आएकाे भन्दै प्रहरीले उनीहरुलाई बिहानै गिरफ्तार गरेकाे नेता विष्णु रिजालले बताए।नेता रिजाले ट्विटरमा लेखेका छन्, ‘आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।