Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • ०९:२९:४७ बजे
  • 1.2K
    SHARES
  • चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब

    निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो ।

    images

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको हो ।


    ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ आयोगले भनेको छ।


    आयोगले कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने ढंगले कार्यविधि बनाएको जनाएको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # चुनाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology