Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नायिका सुष्मा कार्कीद्वारा प्रहरीमा परेको केस मिलापत्रमा टुंगियो

नायिका सुष्मा कार्कीद्वारा प्रहरीमा परेको केस मिलापत्रमा टुंगियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • १०:२८:४६ बजे
  • 1.4K
    SHARES
  • नायिका सुष्मा कार्कीद्वारा प्रहरीमा परेको केस मिलापत्रमा टुंगियो

    फिल्मी क्षेत्रका अधिकांश कलाकारहरुको हकमा ‘बदनाम हुन तर गुमनाम नहुनु’ भन्ने उपदेश लागु हुँदैन । उनीहरु कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन ।

    images

    त्यस्तै नायिका सुष्मा कार्की पनि अहिले चर्चामा आएकी छिन् । उनी चर्चामा आएको कारण कुटपिट तथा गालीगलौज गरिएको आरोपसहितको उजुरी हो ।

    नायिका सुष्मा कार्कीले काठमाडौंको ‘लण्डन पब’ मा आफुमाथि नायिका श्वेता खड्का, उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज गरेको भन्दै महानगरीय वृत्त दरबारमार्गमा उजुरी दिएकी थिइन ।

    बुधवार दिउँसो दुवै पक्षलाई बोलाएर प्रहरीले लामो छलफलपछि विवाद सल्टाएको छ ।

    महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा भएको छलफलपछि आरती र उत्सवले गल्ती स्वीकार गर्दै सुष्मासँग माफी मागेका थिए ।

    उनीहरुले प्रहरीसमक्ष आवेशमा आएर गल्ती हुन गएको स्वीकार गर्दै सुष्मासँग माफी मागेका हुन् ।

    पत्रकार उत्सवले मिडियाको सामु पनि नहुनुपर्ने घटना भएको भन्दै आगामी दिनमा यस्ता खालका विवाद नहुने प्रतिवद्धता जनाए ।

  • सम्बन्धित विषय:

  • # सुष्मा कार्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology