Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • १०:३०:४१ बजे
  • 2.0K
    SHARES
  • ६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

    खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री शुरू गरेको हो ।

    images

    कम्पनीले प्रतिकिलो २ सय २५ रुपैयाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपैयाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री शुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपैयाँको ९३ किलो चामल विक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपैयाँको १ सय ४४ किलो विक्री भयो ।


    तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपैयाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपैयाँको ७७ किलो विक्री चामल विक्री भएको थियो । त्यसैगरी पाँचौं दिन ४२ हजार ३ सय रुपैयाँको १८८ किलो विक्री भएकोमा छैटौं दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल विक्री भएको कम्पनीले जानकारी दिएको छ ।


    कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार उपभोक्ताहरूले अहिले ठूलो परिमाणमा चामल माग नगरेका कारण १ किलोको प्याकेट बनाएर विक्री भइरहेको छ । कम्पनीले परीक्षणका लागि काठमाडौंमा मार्सीको विक्री शुरू गरेको र राम्रो बजार पाउँदै गएमा भोलिका दिनमा काठमाडौं बाहिरका स्थानहरूमा पनि मार्सी चामल विक्री गर्ने योजना रहेको उनले बताइन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # मार्सी चामल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology